दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय चुनावको मिति घोषणा हुनसक्ने
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बस्ने बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुनसक्ने अनुमान गरिएको छ ।
सोमबार र बिहीबार नियमित बैठक बस्ने गरे पनि गत बिहीबार बसकेको थिएन । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।
उक्त छलफलमा जेठ ४ गतेलाई स्थानीय निर्वाचन गर्न सुझाव दिएको छ । प्रधानमन्त्री देउवा पनि उक्त मितिमा सहमत देखिएका छन् ।
सम्भवतः आजको बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुनेछ । आज तीन बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनकै विषयमा छलफल हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया