१५ अंकले बढ्यो नेप्से, ५ अर्ब २ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन नेप्से १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २२४ कम्पनीका ९५ लाख १२ हजार लाख ५८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब दुई करोड २ लख १७ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमुहको बैंकिङ, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजमबाहेक अन्य उप–समूहको हरियाली छाएको छ । इन्भेष्टमेन्टको सबैभन्दा बढी ३.०६ सेयरमूल्य बढेको छ ।
अन्य कम्पनीको सेयरमूल्य २.४१ प्रतिशतले बढ्दा ट्रेडिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जीवन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रशोधन, जीवन बीमा कम्पनी र म्युचल फण्डको सेयरमूल्य १ प्रतिशत भन्दा कमले बढेको छ ।
आज घटेका ३ वटै उपसमूह बैंकिङ, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजमको सेयरमूल्य पनि १ प्रतिशतभन्दा कमले घटेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया