घानाका प्रशिक्षक बर्खास्त

काठमाडौं । घानाका राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बर्खास्तगीमा परेका छन् ।
कार्यसम्पादन चित्त बुझ्दो नभएपछि प्रशिक्षक मिलोभान हटाइएका हुन् । अफ्रिका कप अफ नेशन्समा घाना समूह चरणबाटै बाहिरिएको थियो ।
घानाको फुटबल एसोसिएसनले परामर्शपछि मिलोभानलाई बिदा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०८:२४:००
प्रतिक्रिया