नेपाललाई २१ लाखभन्दा बढी खोप पठाउँदै बेलायत

काठमाडौं । बेलायतले नेपाललाई २१ लाख भन्दा बढी कोरोना भाइरसविरुद्धको खोप पठाउने भएको छ ।
नेपालको लागि बेलायती राजदूत निकोला पोल्लिटले आफ्नो आधिकारक ट्वीटरमार्फत यसबारे जानकारी दिएकी हुन् ।
उनका अनुसार नेपाललाई पठाउने भनिएको २१ लाख भन्दा बढी एस्ट्राजेनिका खोपमध्ये आठ लाख डोज खोप उपलब्ध भइसकेको छ ।
महामारीको समयमा नेपाललाई आफ्ना जनताको सुरक्षा गर्नका लागि सहयोग गर्न पाउँदा बेलायत खुसी भएको उनले जनाएकी छन् ।
प्रतिक्रिया