निजी कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउँदिन : पर्यटनमन्त्री आले
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् । मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउण्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए। नेपाल पर्यटन बोर्डले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गरे। मन्त्री आलेले आइकाओको कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए। त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरूको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उनले स्पष्ट पारे। अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान संचालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो। ‘आफ्नो नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर प्राइभेट एयरलाइन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाइन्सको ग्राउण्ड ल्यान्डिङ चाँहि कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन। म त्यसमा छैन। म त्यो पनि विश्वास दिलाउन चाहन्छु। र म आएको २४ घण्टा नबित्दै नेपाल एयरलाइन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाए,’ उनले भने। मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उनको भनाइ छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया