धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जना छनोट
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्ये पाँच जनाको नाम छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले ५ जनाको नाम छनोट गरेको हो ।
छनोटमा पर्नेहरूमा नीरज गिरी, कृष्णराज पोखरेल, रमेश हमाल, डा. गोपाल भट्ट र खगेन्द्र कटुवाल रहेका छन् । छनोटमा परेका हमाल पूर्व गैरआवासीय नेपाली हुन् भने भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
त्यस्तै, कटुवाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् भने गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उपकार्यकारी निर्देशक हुन् । छनोटमा पर्ने पाँचजना मध्येबाट तीनजनाको नाम मन्त्रिपरिषदमा पठाइनेछ ।
सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया