सुनको मूल्य लगातार उकालो
काठमाडौं । सोमबारयता सुनको मूल्य लगातार उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँ, मंगलबार ५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज तीन रुपैयाँ बढेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी मंगलबार ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको तेजावी सुन आजको लागि ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी सोमबार र मंगलबार ५/५ रुपैयाँले बढेको थियो । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया