बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

कञ्चनपुर । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ ।
सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताए ।
“सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ”, संयोजक भट्टले भने, “घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाईफकाइ भारत लगेको देखिन्छ ।”
उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताए । माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया