के मेसीले विश्वकप छनोटका आगामी खेल खेल्लान् ?
काठमाडौं । गत महिना अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप छनोटका लागि टिम घोषणा गरे । २६ सदस्यीय टोलीमा उनले नियमित कप्तान लियोनल मेसीलाई भने समावेश गरेनन् ।
जनवरी २७ र फेब्रुअरीमा १ मा भएका अर्जेन्टिनाका दुई खेलमा मेसीलाई समावेश नगरिएको हो ।
कप्तान मेसीलाई क्रिसमसपछि कोरोना भाइरस संक्रमण भएको थियो । साथै, अर्जेन्टिना पनि पाँच खेल खेल्नुअघि नै यसै वर्ष कतारमा हुने विश्वकपमा छनोट भइसकेको थियो ।

स्वयम् मेसीले पनि अहिले क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि समय दिन चाहेको बताएका थिए । यसर्थ, प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसीलाई आराम दिए ।
मेसीबिना नै उत्रिएको अर्जेन्टिनाले दुवै खेल जित्यो । अब फेरि अर्जेन्टिनाले आगामी मार्चमा दुई खेल खेल्दैछ ।
ती खेल भेनेजुएला र इक्वेडरविरुद्ध हुँदैछ । ती खेलमा भने मेसी सहभागी हुने प्रशिक्षक स्कालोनीलाई उदृत गर्दै अर्जेन्टिनी फुटबल वेब साइट मुण्डो अल्बिसेलेस्टेले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया