एकीकृत समाजवादीले एमसिसीविरुद्ध देशभर प्रदर्शन गर्ने
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आज बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले यस्तो निर्णय गरेको हो ।
फागुन १ गते देशभर एकैपटक एमसिसीको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरिएको मोर्चा संगठन प्रमुख विजय पौडेलले जानकारी दिए ।
विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरूलाई तयारीमा जुट्न निर्देशनसमेत दिने निर्णय बैठकले गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया