ओलीको स्पष्टोक्ति, ‘सभामुखलाई कारबाही नगरेसम्म संसद् चल्दैन’
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाविपरीत संसद् चल्न नदिएको आरोप लगाएका छन् ।
सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल प्रविधिमार्फत शुक्रबार उद्घाटन सम्बोधन गर्दै उनले सभामुखलाई कारबाही नगरेसम्म संसद् चल्न नसक्ने बताए ।
‘सभामुख पदीय मर्यादाविपरित संसद् बैठक स्थगित गर्ने, हामीले कारबाही गरेका १४ सांसदलाई प्रश्रय दिने, एमाले विभाजनमा सहभागी हुने, हाम्राविरुद्ध अदालतमा मुद्दा दायर गर्ने र चुनाव हुन नदिनेजस्ता षड्यन्त्रमा लागेका छन्’, उनले भने, ‘सभामुखलाई कारबाही नभएसम्म संसद् चल्न सक्दैन । सभामुख स्वार्थकेन्द्रित रहेर विदेशी सम्बन्ध विगार्न लागि परेका थिए । यी सबै गतिविधिबाट सभामुखलाई पदमा बस्न उपयुक्त छैन ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया