१६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने कांग्रेसको निर्णय, भातृ संस्थाबारे अनिर्णित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बाँकी रहेका १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । आज बसेको बैठकले फागुन १३ गते गर्ने निर्णय गरेको हो ।
विभिन्न कारणले अधिवेशन हुन नसकेका १६ जिल्लामा फागुन १३ मा अधिवेशन गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैटकपछि पत्रकारहरूलाई जानकारी दिए ।
कांग्रेसको बैठक म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे भने अनिर्णित भएको छ ।
कांग्रेसको कार्यसम्पादन समितिको बैठक बिहीबार र आज गरी दुई दिन बसेको थियो ।
बैठक आइतबार पुनः बस्ने र त्यसबारे निर्णय लिने महतले जानकारी दिए ।
नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायत कांग्रेसका दर्जनभन्दा बढी भ्रातृ एवं शुभेच्छुक संस्थाको लामो समयदेखि अधिवेशन हुन सकेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया