हुम्लामा तीन दिनदेखि एक पुरुष बेपत्ता
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । सिमकोट–७ घरभई हाल वडा–३ को तोर्पा गाउँमा बसोबास गर्दै आएका ४५ वर्षीय तुलसिंह सुनार तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
सुनार तोर्पा गाउँबाट सदरमुकाम सिमकोट बुधबार काम विषेशले आएको र सोही दिनदेखि हराउनुभएको परिवारले जनाएको छ । बुधबार घरबाट सिमकोट आएको भए पनि आफूले बिहीबारदेखि निरन्तर खोजीकार्य जारी राखे पनि फेला पार्न नसकिएको ज्वाइँ धनवीर सुनारले जानकारी दिए ।
तीन दिनदेखि सम्पर्कविहीन भएका आफ्ना ससुरालाई खोजी गरिदिन आज जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गरिएको बताए । पुरानो घर डाडाफयाँ र साथै आफन्तको गाउँ ठेहे, सिमकोटलगायत गाउँमा बिहीबार र शुक्रबार निरन्तर खोजी गर्दा भेटाउन नसकिएको उनले बताए ।
उनले केही वर्ष यतादेखि डाडाफयाँ छोडर तोर्पा गाउँमा बसाइसराइ गरेका थिए । बुधबारको दिन हावाहुरीका साथै हिमपातसमेत भएको थियो । उनलाई देख्ने वा फेला पार्नेले नजिकैको प्रहरी चौकी वा सुनारको सम्पर्क नम्बर ९८४१७५१२९४ मा सम्पर्क गरिदिन हुन आफन्तले अनुरोध गरेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया