हुम्लामा तीन दिनदेखि एक पुरुष बेपत्ता
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । सिमकोट–७ घरभई हाल वडा–३ को तोर्पा गाउँमा बसोबास गर्दै आएका ४५ वर्षीय तुलसिंह सुनार तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
सुनार तोर्पा गाउँबाट सदरमुकाम सिमकोट बुधबार काम विषेशले आएको र सोही दिनदेखि हराउनुभएको परिवारले जनाएको छ । बुधबार घरबाट सिमकोट आएको भए पनि आफूले बिहीबारदेखि निरन्तर खोजीकार्य जारी राखे पनि फेला पार्न नसकिएको ज्वाइँ धनवीर सुनारले जानकारी दिए ।
तीन दिनदेखि सम्पर्कविहीन भएका आफ्ना ससुरालाई खोजी गरिदिन आज जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गरिएको बताए । पुरानो घर डाडाफयाँ र साथै आफन्तको गाउँ ठेहे, सिमकोटलगायत गाउँमा बिहीबार र शुक्रबार निरन्तर खोजी गर्दा भेटाउन नसकिएको उनले बताए ।
उनले केही वर्ष यतादेखि डाडाफयाँ छोडर तोर्पा गाउँमा बसाइसराइ गरेका थिए । बुधबारको दिन हावाहुरीका साथै हिमपातसमेत भएको थियो । उनलाई देख्ने वा फेला पार्नेले नजिकैको प्रहरी चौकी वा सुनारको सम्पर्क नम्बर ९८४१७५१२९४ मा सम्पर्क गरिदिन हुन आफन्तले अनुरोध गरेका छन् ।
ताजा अपडेट
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-
प्राइम सहकारीको डेढ अर्ब ठगीमा उपसचिवसहित तीन कर्मचारी संलग्न
-
नेपाली पैसा कसरी छापिन्छ ?
-
काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना, एक युवकको मृत्यु
प्रतिक्रिया