सन्दीपको पहिलो कप्तानीमै जित, परीक्षामा उतीर्ण
काठमाडौं । चारदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको छ ।
यससँगै कप्तान सन्दीप लामिछानेले राहत महशुस गरेका छन् । सन्दीपले आज पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी गरेका थिए ।
ग्रेडिङ विवाद भएपछि ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले केही महिनाअघि युवा सन्दीपलाई कप्तानी दिएको थियो ।

सन्दीपको कप्तानीमाथि धेरैले प्रश्नसमेत उठाइरहेका थिए । किनकि, सन्दीप क्लब स्तरमा असफल कप्तान दरिएका छन् ।
यसर्थ, आज सन्दीपले कस्तो नेतृत्व गर्ने हुन् धेरैको प्रतीक्षाको विषय बनेको थियो । त्यसैका लागि सन्दीप आज परीक्षा दिएका थिए । अन्ततः उनी पहिलो परीक्षामै उतीर्ण बनेका छन् ।
ओमानमाथि नेपालको ६ विकेटको जित
पहिलोपटक कप्तानी गर्दै सन्दीप, ओमानविरुद्ध टस जितेर बलिङ रोजे
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया