सिके राउतको पार्टीका नेताले गृहमन्त्रीलाई किन भेटे ?
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् ।
पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले आज गृह मन्त्रालयमै गएर गृहमन्त्रीलाई भेटेका हुन् ।
शान्ति पूर्णरूपमा आन्दोलनमा सहभागी आफ्ना पार्टीका नेता कार्यकता पक्राउ परेको दाबी गर्दै उपाध्यक्ष चौधरीले गृहमन्त्रीलाई भेटेर उनीहरूको रिहाइको माग गरेको बताए ।
उखु किसानको आन्दोलनमा साथ दिएको भन्दै पछिल्लो समय मधेस प्रदेशका केही जिल्लामा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । सोही क्रममा नेता कार्यकर्ता प्रक्राउ परेका थिए ।
आन्दोलन केही हिंसात्मक भएपछि पक्राउ गरिएको सरकारको दाबी छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया