पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने
पाल्पा । लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।
पाल्पाको ऐतिहासिक सम्पदाका रुपमा पाल्पा दरबार सङ्ग्रहालयलाई लिइन्छ । यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न लागिएको हो ।
कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनका लागि विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताए ।
पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ मङ्सिर ३ गते पाल्पा दरबार सङ्ग्रहालयका रुपमा स्थापना गर्न सरकारले निर्णय गरेको थियो ।
सङ्ग्रहालयमा परिणत भएपछि लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएपछि जिल्लावासी उत्साहित छन् । विसं २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन गरिएको थियो ।
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यसले पाल्पाको पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुगेको छ । पाल्पा दरबार सङ्ग्रहालय विकास समिति गठन गरी सञ्चालन गर्दा यसको संरक्षणमा टेवा पुग्ने सरोकारवाला निकायको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया