मनषा थाइफुड्स उद्योगमा आगलागी
झापा । जिल्लाको मेचीनगर नगरपालिका–१४, दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको छ । आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताए ।
ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन् । वि. सं. ०७५ मा रु. एक अर्बको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो ।
उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए । बिहानीपखमा आगो लागेकाले मानवीय क्षति भने नभएको उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया