क्यानका बजगाईंलाई अन्तिम मौका, सम्पर्कमा नआए बर्खास्त
काठमाडौं । सम्पर्कमा आउन पटक–पटक गरिएको आग्रहलाई बेवास्ता गर्दै आइरहेका उपप्रबन्धक अतुल मिश्रलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिमेटम दिएको छ ।
बिना जानकारी ०७७ वैशाख १ गतेदेखि कार्यालयमा अनुपस्थित उपप्रबन्धक बजगाईंलाई सफाइ पेश गर्न गत चैत २८ गते बोलाइएको थियो । तर उनी सम्पर्कमा आएनन् । त्यसपछि प्राधिकरणले पुन गत वैशाख १६ मा अर्को सूचना निकाल्यो । त्यसलाई पनि उनले बेवास्ता गरे । त्यसपछि प्राधिकरणको यही माघ १८ मा बसेको सञ्चालक समितिको ३९५ औं बैठकले उनीबारे निर्णय लिन एउटा उपसमिति नै गठन गर्यो । जसले नेपाल नागरिक उड्डउन प्राधिकरण कर्मचारीहरूको सेवा सर्त र सुविधासम्बन्धी नियमावली, २०५६ (संशोधनसहित) को नियम १३.५ (ख) बमोजिमको कसुर गरेको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाउन सुझाएको थियो । उपसमितिको सुझावअनुसार प्राधिकरणले शनिबार उनलाई चित्त बुझ्दो सफाइ पेश गर्न सात दिनमो म्याद दिएको छ ।
यो अवधिमा चित्तबुझ्दो स्पष्टीकरणसहित बजगाईं सम्पर्कमा नआउमा उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावलीको नियम १३.१ को खण्ड (ख) को १ बमोजिम भविष्यमा सेवाका निम्चित अयोग्न नठहरिने गरी सेवाबाट हटाउने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया