क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीहरूलाई घर जान आग्रह
क्यानाडा। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, सबै कुरा वार्ताको टेबलमा रहेको बताएका छन् ।
‘यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ,’ ट्रूडोले भने, ‘हामी आशा गर्छौं कि यी मानिसहरूले घर जाने निर्णय गर्नेछन्। अन्यथा, त्यहाँ सुरक्षा व्यवस्था थप कडा पारिनेछ।’
ओटावा, विन्डसर र अन्य ठाउँमा भएको नाकाबन्दीका पछाडि प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्ने प्रहरी र सबै तहका सरकारको तयारी भइरहेको ट्रुडोले बताएका छन् ।
‘संघीय, प्रान्तीय र नगरपालिकाका अधिकारीहरू हालैका दिनहरूमा स्पष्ट छन्, नाकाबन्दी र काफिलेका गतिविधिहरूप्रति। ती ‘अवैध’ र ‘गैरकानूनी’ गतिविधि अन्त्य हुनुपर्छ,’ उनले थपे ।
उनले भने, ‘संघीय सरकारले अर्थतन्त्रलाई बन्धक बनाउने र राष्ट्रको राजधानीमा जीवनलाई ठप्प पार्ने कार्यकर्ताहरूलाई अब सहने छैन।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया