बर्दियामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, १७ घाइते
बर्दिया । जिल्लाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पुर्याएर फर्कंने क्रममा भे २ त १३१६ नंको ट्र्याक्टर आज अपराह्न २ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।
ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको र दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एकजनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया