सबै चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ : गुरुङ
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल लमजुङले आज बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने धारणा राखे ।
नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गले बताए । उपमहासचिव गुरुङले भने, ‘एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैन ।’
उनले सरकारले एमसिसी सदनमा अघि बढाओस् र गठबन्धनले धारणा बनाओस भन्दै एमालेले त्यसपछि बल्ल आफ्नो धारणा बनाउने बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया