एसियन लाइफ इन्स्योरेन्सको नाफा १८.०७५ ले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एसियन लाइफइ इन्स्योरेन्सको खुद नाफा १८.०७५ ले घटेर १४ करोड ४२ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आवकाे ६ महिनामा जीवन बिमा कोषको आकार १८.८८५ ले बढेर २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको जीवन बिमा कोषमा २४ अर्ब ७१ करोड ३५ लाख ३२ हजार रुपैयाँ थियो ।
एक वर्षको अवधिमा यसको खुद बिमा शुल्क आर्जन ८.२२५ ले बढेर ३ अर्ब ३९ करोड ३९ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १३ करोड ६२ लाख ७५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८१ पैसा छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया