अमेरिकामा मोटरसाइकल दुर्घटनामा नेपाली युवकको मृत्यु
न्यूजर्सी । अमेरिकाको न्यूजर्सीमा मोटरसाइकल दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ । दुर्घटनामा २९ वर्षका पृथ्वी लम्सालको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।
शनिबार दुर्घटनामा परेका घाइते लम्सालको कुपर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । लम्साल मासाचुसेट्सको नर्थ इस्टर्न युनिभर्सिटीबाट ग्रयाजुएट भएर कामको सिलसिलामा विगत एक डेढ वर्षदेखि भर्जिनिया बस्दै आएका थिए ।
न्युयोर्कमा साथी भेटेर भर्जिनिया फर्कने क्रममा दुर्घटना परेका थिए । उनको शव नेपाल पठाउन गो फन्ड मीमार्फत् आर्थिक संकलन गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया