गठबन्धन फुटाउन ठूलो षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउन ठूलो षड्यन्त्र भएको जिकिर गरेका छन् ।
आगामी दिनमा दुई तिहाइ बहुमत ल्याउन गठबन्धन बनाएको दाबी गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन फुटाउनेप्रति सर्तक रहन आग्रह गरे ।
उनले आफू ८२ प्रतिशत मतले प्रधानमन्त्री बनाएको दाबी गर्दै गठबन्धनप्रति कुनै शंखा नगर्न उनले आग्रह गरे ।
रेनु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिकामा बेरुजु नभएको एकमात्र महानगरपालिका भएको उनले जिकिर गरे ।
भरतपुरमा भौतिक पूर्वाधार विकास र स्मार्ट सिटी बनाउन दाहालले महत्वपूर्ण भूमिका खोलेको भन्दै प्रधानमन्त्रीले रेनुको प्रशंसा गरे ।
‘रेनुले भरतपुरमा धेरै राम्रो काम गर्नुभएको छ । क्रिकेट खेलकुद मैदान, सडकको स्तरउन्नती, विमानस्थल बनाउनदेखि स्मार्ट सिटी बनाउनसम्म उहाँको महत्वपूर्ण योगदान छ’, प्रधानमन्त्री देउवाले दाहालको प्रशंसा गर्दै भने, ‘यस्तो राम्रो काम गर्ने मेयरलाई हराएर भरतपुरले के पाउँछन् ? त्यसैले उहाँलाई अत्याधिक मत दिएर जिताउनुहोस् ।’
गठबन्धन नभएसम्म कुनै पार्टीको पनि आगामी दिनमा एकल बहुमत नआउने जिकिर गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई एकताबद्ध भएर सहयोग गर्न आग्रह गरे ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया