१७ जनामा मात्र सङ्क्रमण
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज १७ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८११ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको छ । पछिल्लो समय १५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७३० पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्ला ३० पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३.४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २१६ र संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ९२ हजार ८८ जनाले खोप लगाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया