साताको अन्तिम दिन पनि नेप्से परिसूचक ओरालो
काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७.०६ अंकले ओरालो लागेर दुई हजार २३८.६२ अंकमा ओर्लिएको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ अंकले ओरालो लागेर ४३२.५५ मा सीमित भएको छ । कूल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता सेयर एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ बराबरको कारोबार भयो ।
कारोबार भएका कूल १३ उपसमूहको सेयर नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १६, व्यापार ४९.४९, होटल तथा पर्यटन ५९.१३, विकास बैंक ८८.४४, जलविद्युत् ६६.८१, वित्त ४८.१९, निर्जीवन बीमा २६५.४२, उतपादन ५६.२६, अन्य २०.२८, लघुवित्त ७३.३७, जीवन बीमा २६०.१५, सामूहिक लगानी कोष ०.१३ र लगानी १.६२ अंकले ओरालो लागेको छ ।
कारोबारका भएका मध्ये पाँच कम्पनीको मात्रै सेयर मूल्य उकालो लागेको छ भने १८८ कम्पनीको सेयर भने ओरालो लागेको देखिन्छ । थप कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबारको कारोबारका आधारमा बजार पूँजीकरण ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख २४ हजार ९४८ रूपैयाँ बराबर रहेको छ ।
कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको आठ करोड ४५ लाख ८७ हजार २३२ रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै एनआइसी एशिया बैंक छ करोड ७३ लाख ६१ हजार ६३६, नबिल बैंक चार करोड ५२ लाख नौ हजार ४०७, हिमालयन डिस्टिलरी चार करोड ४४ लाख ६५ हजार १९० र अरुण भ्याली हाइड्रोपावर कम्पनी चार करोड १२ लाख ५६ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ओरालो लागेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । एनआइसी एशिया सेलेक्ट फण्ड १.८४, आरएमडिसी लघुवित्त १.२७, कालिका पावर कम्पनी ०.९८ र ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ०.७१ प्रतिशतले कमाए ।
त्यस्तै घलेम्दी हाइड्रो पावर ६.८६, मैलुङखोला जलविद्युत् कम्पनी ६.८१, शिवश्री हाइड्रोपावर ६.६३, युनियन हाइड्रोपावर ६.५३ र ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताले ६.३२ प्रतिशतले गुमाए ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया