कोभिडको प्रत्यक्ष/अप्रत्यक्ष प्रभावबाट २ वर्षमा १ करोड ४९ लाखको मृत्यु
काठमाडौं (एजेन्सी) । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारी यस यसका कारण सिर्जित अन्य समस्याका कारण विश्वभर कम्तीमा एक करोड ४९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
बिहीबार सार्वजनिक अनुमानित तथ्याङ्कअनुसार यो रोगका कारण मृत्यु हुनेको संख्या यसअघि विभिन्न मुलुकबाट सार्वजनिक गरिएको तथ्याङ्कभन्दा तीन गुणासम्म बढी रहेको हुनसक्ने डब्लुएचओले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संस्थाले भनेको छ, “विश्व स्वास्थ्य संगठनको नयाँ प्रक्षेपणअनुसार जनवरी १, २०२० देखि डिसेम्बर ३१, २०२१ को बीच कोभिड–१९ महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सबै मृत्युको सङ्ख्या करिब एक करोड ४९ लाख रहेको देखिएको छ ।”
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया