पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते
पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका–५, चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु १ च ७७८० नंको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छ । श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया