आइपिएल : दिल्लीसँग हैदरावाद स्तब्ध
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
गएराति मुम्बईमा सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई २१ रनले हराउँदै दिल्लीले जित निकालेको हो ।
दिल्लीले २ सय ८ रनको लक्ष्य दिएकोमा हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन मात्र जोड्न सक्यो ।
हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय योगदान दिए भने एडिनले ४२ र राहुल त्रिपाठीले २२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिएका थिए ।
दिल्लीका लागि डेभिड वार्नरले अविजित रहँदै ९२ रनको अर्धशतकीय इनिङ खेले । त्यसैगरी, रोभम्यान पावेलले ६७ र ऋषव पन्तले २६ रनको योगदान दिए ।
हैदरावादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १–१ विकेट लिए ।
योसँगै दिल्ली १० अंक जोडेर पाँचौं स्थानमा उक्लिन सफल भएको छ । हैदरावाद छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया