पुटिनले मागे माफी
काठमाडौं (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीको एउटा अभिव्यक्तिका लागि माफी मागेका छन् ।
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोफले एउटा अन्तर्वार्तामा नाजी नेता हिटलरको पनि यहुदी रगत रहेको अभिव्यक्ति दिएका थिए । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की यहुदी हुँदाहुँदै पनि युक्रेनलाई नाजी राष्ट्रका रूपमा चित्रण गरेको औचित्य पुष्टि गर्ने प्रयासस्वरूप उनले उक्त टिप्पणी गरेका थिए । तर यसको चौतर्फी आलोचना भएपछि पुटिनले माफी मागेको समाचारहरूमा जनाइएको छ ।
बिबिसीका अनुसार, पुटिनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँग फोन गरेर माफी मागेका छन् ।
बेनेटको कार्यालयसँगै रुसले पनि टेलिफोनबारे विज्ञप्ति जारी गरेका छन् । बेनेटको कार्यालयले पुटिनले माफी मागेको उल्लेख भए पनि रुसद्वारा जारी विवरणमा केही बताइएको छैन ।
इजरायलले यहुदीहरूको आमनरसंहार अर्थात् होलोकस्ट भनिने घटनाको स्मरण दिवस मनाएको भोलिपल्ट यस्तो टिप्पणी आएको थियो । यो दिनलाई गम्भीर दिनमध्ये एक मानिन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया