कञ्चनजंघा हिमाल आरोहणका क्रममा भारतीय आरोहीको मृत्यु
काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको हिमाल आरोहण गर्ने क्रममा एक भारतीय पर्वतारोहीको मृत्यु भएको छ ।
भारतीय पर्वतारोही नारायण अय्यर कञ्चनजङ्घा पहाड आरोहण गर्ने क्रममा शुक्रबार बिहान दुर्घटना भएको पायोनियर एडभेन्चर एजेन्सीले जनाएको छ ।
यो सिजनमा कञ्चनजङ्घा हिमालमा आरोहणका क्रममा भएको यो दुर्घटना पहिलो भएको एजेन्सीले जनाएको छ । अय्यरको मृत्यु ८ हजार २ सय मिटरमा पुग्दा भएको हो ।
एजेन्सीका प्रमुख पासाङ शेर्पाका अनुसार आरोहणका क्रममा बिरामी भएका उनलाई पटक पटक माथि नजान आग्रह गर्दा पनि उनी मानिरहेका थिएनन् । भारतको महाराष्ट्र राज्यका नारायण ५२ वर्षका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया