माेदी र डेनमार्ककी प्रधानमन्त्रीका तस्बिर सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । सोमबार तीन दिने युरोप भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिकसनसँग भेट गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
युरोप भ्रमणका क्रममा मोदीले दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन् । तस्बिरमा दुवै देशका समकक्षी शान्त वातावरणमा हिँड्दै कुराकानी गरेको देखिन्छ । धेरैले राष्ट्रप्रमुख भएर पनि उनीहरुले देखाएको सरलताको तारिफ गरेका छन् ।
मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग पनि कोपनहेगनस्थित राजदरबारमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ सम्भावनाहरुका बारेमा छलफल गरेको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका थिए ।


ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया