NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सल्लाहकारको रुपमा काम गर्दै आइरहेका सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रसाईलाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले स्वीकृत गरे पछि मात्रै सञ्चालक समितिले आगामी चार वर्षका लागि नियुक्त गर्न सक्ने व्यवस्था छ ।

कम्पनीले गत फागुनमा प्रसाईलाई सल्लाहकारको रुपमा भित्र्याएको थियो । उनलाई सल्लाहकारमा भित्र्याएसँगै निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजिनामा दिएका थिए । पौडेलले राजिनामा दिएसँगै कम्पनीले प्रसाईलाई नै नियुक्ति गर्ने भएको हो ।