भवनमा आगलागी हुँदा ७ जना जिउँदै जलेर मृत्यु
काठमाडौं । मध्यप्रदेशको इन्दोरमा रहेको दुई तले भवनमा शुक्रबार राति आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र एक पुरुष रहेका छन् । मृत्यु भएका मध्ये केही जिउँदै जलेका थिए भने केही निस्सासिएका थिए ।
बाक्लो जनसंख्या भएको क्षेत्रको बीचमा रहेको यो भवनको पार्किङस्थलमा पनि आगलागी भएको स्थानीयको भनाइ छ । मानिसहरुले भाग्ने ठाउँ नभेटेपछि झ्यालबाट हाम फालेका कतिपय घाइते भएर अस्पताल भर्ना भएका छन् ।
विद्युत् चुहावट भएका कारण आगलागी भएको बताइएको छ । प्रहरीका अनुसार उक्त भवनबाट उद्धार टोलीले ९ जनाको उद्धार गरेको छ । आगलागी भएको करिब डेढ घण्टापछि मात्रै दमकल पुगेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया