दुई महिनाको योगदान रकम योगदानकर्ताको खातामा
काठमाडाैं । सामाजिक सुरक्षा कोषले गत जेठ र असार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो ।
करिब एक लाख ३० हजार योगदानकर्ताको खातामा रकम जम्मा गरिएको कोषले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत कोषमा योगदान गर्ने योगदानकर्ताको जेठ र असार महिनाको योगदानवापतको रकम सरकारका तर्फबाट जम्मा गर्ने घोषणा गरिएको थियो ।
कोरोना महामारीका कारण रोजगारदाता र श्रमिक प्रभावित भएको भन्दै दुई महिनाको योगदान रकम सरकारले नै व्यहोर्ने निर्णय गरेको थियो । सरकारबाट प्राप्त एक अर्ब छ करोड सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गरिएको छ । कोषले बजेटमा उल्लेख गरेअनुसार योगदानकर्ताको खातामा जम्मा गर्न एक अर्ब ३२ करोड माग गरेको थियो ।
हाल जम्मा हुनुपर्ने योगदान रकमको ८४ प्रतिशत जम्मा गरिएको र बाँकी १६ प्रतिशत निकासा प्राप्त भएपछि जम्मा गरिने कोषले जनाएको छ । अपुग रकम छिट्टै निकासा गरिने अर्थ मन्त्रालयबाट जानकारी आएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । पछिल्लो छ महिनामध्ये न्यूनतम रकम जम्मा भएका आधारमा योगदानकर्ताको खातामा रकम जम्मा गरिएको हो ।
यसअघि पनि सरकारले चार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो । पछिल्लो दुई वर्षको अवधिमा सरकारले दुईपटक गरेर छ महिनाको योगदान रकम योगदानकर्ताको खातामा दाखिला गरिदिएको छ ।
कोषमा हालसम्म १७ हजार ७४ रोजगारदाता र तीन लाख ३२ हजार ९५ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु १६ अर्ब ३४ करोड योगदान संकलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत रु एक अर्ब १५ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ ।
जसअन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधावापत रु १६ करोड ७७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षावापत रु एक करोड ५६ लाख, आश्रित परिवार सुरक्षावापत रु दुई करोड ७५ लाख र अवकाश दाबीवापत रु ९४ करोड ५६ लाख दाबी भुक्तानी गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया