गृहमन्त्रीसहित उम्मेदवारले गरे वैद्धिक पूजा
लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले भैरहवाको नारायणस्थान मन्दिरमा आज वैद्धिक पराम्पराअनुसार पूजाअर्चना गरेका छन् ।
गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार ईस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापालगायतले वैद्धिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरेका हुन् ।
सो अवसरमा गृहमन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेष खाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक अर्काको सम्मान गर्नुपर्ने बताए ।
धर्म, जातजाति, क्षेत्रीयता, लैङ्गिकता, भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भन्ने त्यसले केही व्यक्तिलाई फाइदा पुर्याए पनि आमनागरिकलाई बेफाइदा पुर्याउने बताए ।
गृहमन्त्री खाणले यस्ता खाले क्रियाकलाप सामाजिक र कानुनी रुपमा बर्जित रहेको बताउँदै कसैले समाज र कानुन विपरीतका गतिविधि गरेमा आमनागरिक बेलैमा सचेत हुनुपर्नेमा जोड दिए । सो अवसरमा नगरप्रमुख पदका उम्मेदवार खानले सबै धर्म, जातजातिप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया