आइपिएलमा किन बिकेनन् सन्दीप ?
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको मेगा अक्सनमा अनसोल्ड भएका छन् ।
भारतको बैंगलोरमा भएको आइपिएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् ।
अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारू रहेको थियो । तर, उनलाई कुनै टिमले पनि बोली लगाएनन् ।
सन्दीपले यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिसकेका छन् । यद्यपि, गत वर्षदेखि उनी बिक्न छोडेका छन् । टि–ट्वान्टीमा ग्लोबल स्टारको छवि बनाएका सन्दीप पछिल्लो एक वर्षयता त्यही लयमा देखिएका छैनन् । यसले गर्दा पनि उनलाई आइपिएलका कुनै टोलीले नबिकेको विश्लेषण गरिएको छ ।
साथै, पछिल्लो समयमा लेग स्पिनमा भारतमै थुप्रो खेलाडी उदाएका छन् । यसले गर्दा पनि लेग स्पिनर सन्दीप आइपिएलमा नपरेको मान्न सकिन्छ ।
दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्युनतम मूल्य २० भारूमा अनुबन्ध गरेको थियो । त्यससँगै सन्दीप आइपिएल खेल्ने पहिलो र एकमात्र नेपाली खेलाडी बनेका थिए ।
तीन सिजन आइपिएलमा बिताएका सन्दीपले कुल ९ खेलमा १३ विकेट लिएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया