लखनउसँग कोलकता फराकिलो अन्तरले पराजित
काठमाडौं। लखनउ सुपर जाइन्टसँग कोलकोता नाइट राइडर्स पराजित भएको छ । गएराति भएको खेलमा कोलकता ७५ रनको फराकिलो अन्तरले पराजित भएको हो।
सुरुमा ब्याटिङ गरेको लखनउले कोलकतालाई १७७ रनको लक्ष्य दिएको थियो । उसले १४ दशमलव ३ ओभरमा १०१ रन मात्र बनाउन सक्यो ।
कोलकोताका लागि आन्द्रे रसेलले ४५, सुनिल नारानले २२ र एरोन फिन्चले १४ रनको योगदान दिए ।
यसअघि टस हारेर ब्याटिङ रोजेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनायो । लखनउका लागि क्वेंटन डिककले ५०, दीपक हड्डाले ४१, मार्कस स्टोइनिसले २८, क्रुनाल पाण्डेयले २५, आयुष बदानीले १५ र जासन होल्डरले १३ रन जोडे ।
योसँगै लखनउ ११ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ भने गुजरात दोस्रो स्थानमा छ । कोलकोताको ८ अंकका साथ आठौं स्थानमा छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया