३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । सरकारले ३ जेठमा बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
तर जेठ १५ मा बजेट ल्याउनुपर्ने भएपछि सरकारले ३ जेठ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी सरकारका एक मन्त्रीले दिए ।
बजेट अघि सरकारको नीति कार्यक्रम र यसमाथि छलफल गर्न पनि संसदको बैठक बस्नुपर्ने हुन्छ ।
यस अघि गत भदाै २३ यता एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएपछि केही समय अघि सरकारले अधिवेशनको अन्त्य गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया