भारतबाट ल्याइएका गोलकिपरले पनि छोडे राष्ट्रिय टोलीको प्रशिक्षण
काठमाडौं । भारतीय सेनाबाट बोलाइएका गोलकिपर भविन्द्र मल्ल ठकुरीले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण छोडेका छन् । नेपाली फुटबलको विवादमा नफस्ने भन्दै उनले बन्द प्रशिक्षण छोडेका हुन् ।
नेपाली नागरिक ठकुरी भारतीय सेनाको टोलीबाट फुटबल खेल्छन् । आइतबार उनले सामाजिक सञ्जालमार्फत भारतीय सेनाले अन्य देश जाने स्वीकृति नदिएको र १० वर्षको जागिर छोड्न पनि नसकेको बताएका छन् ।
राष्ट्रिय टोलीमा खेल्न नेपालमा सयौं गोलरक्षक रहेको बताउँदै उनले उनले आफूलाई विवादमा नपार्न आग्रह गरेका छन् ।
यसअघि राष्ट्रिय टोलीका १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण छोडेका थिए ।
माल्दिभ्समा क्लब फुटबल खेलिरहेका कप्तान किरण चेम्जोङले पनि विद्रोह गरेका १० खेलाडीलाई साथ दिएपछि प्रशिक्षक अलमुताइरीले उनको विकल्पको रुपमा ठकुरीलाई बोलाएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया