तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप
काठमाडौं । तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ३४ हजार ३०३ छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको थियो ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत एवं सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार ६५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार ६०० र भिमाद नगरपालिकाका दुई हजार ७०० बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
म्याग्दे गाउँपालिकाका एक हजार ४०४, घिरिङ गाउँपालिकाका एक हजार २०८, ऋषिङ गाउँपालिकाका दुई हजार २१, देवघाट गाउँपालिकाका एक हजार ४५४, बन्दीपुर गाउँपालिकाका एक हजार ७०४ र आँबुखैरेनी गाउँपालिकाका दुई हजार ३७९ बालबालिकाले पूरा मात्रा लगाएका छन् ।
पहिलो मात्रा लगाउनेको सङ्ख्या भने भानुमा तीन हजार ४८०, व्यासमा दश हजार ८०, म्याग्देमा एक हजार ५७७, शुक्लागण्डकीमा ६०० हजार ११०, भिमादमा तीन हजार ४७, घिरिङमा एक हजार ४१२, ऋषिङमा दुई हजार १६९, देवघाटमा एक हजार ७२९, बन्दीपुरमा दुई हजार ५३ र आँबुखैरेनीमा दुई हजार ७४६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया