दैलेखको आठबीसमा सकेट बम भेटियो
दैलेख । दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली घट्नास्थलमा पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् ।
उनले भने, ‘पहिला सुरक्षाफौजको ब्यारेक भएका कारण बम जमिनमुनि भेटिएको हो ।’’ यसअघि उक्त ठाउँमा ब्यारेक थियो । विसं २०६३ मा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म चारवटा बम निष्क्रिय पारिसकिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया