चिनियाँ नागरिक पक्राउपछि सार्वजनिक
काठमाडौं । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ चिनियाँ नागरिक लिदहिमालय एयरको उडानद्धारा काठमाडौं आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै पक्राउ गरेको हो ।
पक्राउ लिले चारवटा पोकामा भित्री पोशाकभित्र लुकाएर उक्त सामान ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया