एनआरटी र हिमालयन शेर्पाले बराबरी खेले (अंक तालिकासहित)
काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा यथावत् छ ।
लिगको शीर्ष स्थानमा मच्छिन्द्र फुटबल क्लब, दोस्रोमा मनाङ मस्र्याङ्दी क्लब र तेस्रोमा त्रिभुवन आर्मी क्लब छन् ।
हेरौं अंक तालिका :
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया