एमाले केन्द्रीय सचिवालयको बैठक बालकोटमा जारी
काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफलका गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक यतिबेला बसिरहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव दर्ता गरेपछि एमालेले आज साँझ केन्द्रीय सचिवालयको बैठक बोलाएको हो ।
बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोटमा बसिरहेको छ ।
त्यस्तै सोमबार ११ बजे एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।
बैठकमा सहभागीहरूले राजनीतिक वातावरण बिगार्न सत्तारुढ दलहरूले महाभियोग दर्ता गराएको धारणा आइरहेको ओलीनिकट स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ बाट प्रारम्भ हुने
-
आज कति गते ?
-
उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्मीलाई सम्मान गर्दै एनवाईईएफ काठमाडौं च्याप्टर, कसरी दिने आवेदन ?
-
उद्योगमन्त्री भण्डारीले सार्वजनिक गरे १०० दिनको कार्यप्रगति
-
एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित
प्रतिक्रिया