पुण्य गौतम नेकपा एस छोडेर एमालेमा

काठमाडौं । युट्युब र सामाजिक सञ्जालमा ‘भाइरल’ भएका पुण्य गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
२०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका गौतम एकता केन्द्र हुँदै माओवादीमा लागेका थिए ।
जनयुद्धमा पनि सक्रिय रुपमा होमिएका उनी शान्ति प्रक्रियापछि लामो समय निष्क्रिय भए ।
एमाले र माओवादी केन्द्र एकतापछि उनी नेकपमा सक्रिय भए । तर, नेकपा फुट्दा गौतम एमालेमा लागेका थिए । एमाले पनि फुटेर नेता नेपालले नयाँ पार्टी खोल्दा उनी उतै लागे । तर, अहिले नेकपा एस कांग्रेसको पछि लागेकोमा असन्तुष्टि जनाउँदै आफू एमालेका प्रवेश गरेको उनले बताएका छन् ।
साथै, एमसिसी पारित गर्दा नेकपा एसले पक्षमा मतदान गरेकोप्रति पनि उनले असन्तुष्टि जनाउँदै आएका छन् ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया