पुण्य गौतम नेकपा एस छोडेर एमालेमा
काठमाडौं । युट्युब र सामाजिक सञ्जालमा ‘भाइरल’ भएका पुण्य गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
२०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका गौतम एकता केन्द्र हुँदै माओवादीमा लागेका थिए ।
जनयुद्धमा पनि सक्रिय रुपमा होमिएका उनी शान्ति प्रक्रियापछि लामो समय निष्क्रिय भए ।
एमाले र माओवादी केन्द्र एकतापछि उनी नेकपमा सक्रिय भए । तर, नेकपा फुट्दा गौतम एमालेमा लागेका थिए । एमाले पनि फुटेर नेता नेपालले नयाँ पार्टी खोल्दा उनी उतै लागे । तर, अहिले नेकपा एस कांग्रेसको पछि लागेकोमा असन्तुष्टि जनाउँदै आफू एमालेका प्रवेश गरेको उनले बताएका छन् ।
साथै, एमसिसी पारित गर्दा नेकपा एसले पक्षमा मतदान गरेकोप्रति पनि उनले असन्तुष्टि जनाउँदै आएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया