जेठ १ देखि दुईदिने विदा लागु हुने, कार्यालय समय थपियो

काठमाडौं । सरकारले हप्तामा दुईदिन विदा दिने निर्णय परिक्षणको रूपमा जेठ १ बाट लागु गर्ने भएको छ ।
जेठ १ गतेदेखि शनिबार र आइतबार विदा दिने निर्णय गृह मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारको निर्णय राजपत्रमा प्रकाशित भएसँगै जेठ १ बाट सरकारी कर्मचारीले दशैं–तिहारबाहेक हप्ताको दुईदिन विदा बस्ने पाउने छन् ।
यसअघि वैशाख १३ मा बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारी कर्मचारीको कार्यलय समय भने थप भएको छ ।
प्रकाशित सूचनाअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः ३० देखि बेलुका ५ः ३० सम्म कार्यालय समय तोकिएको छ । त्यस्तै कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान ९ः ३० देखि ४ः३० सम्म समय तोकिएको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया