जेठ १ देखि दुईदिने विदा लागु हुने, कार्यालय समय थपियो
काठमाडौं । सरकारले हप्तामा दुईदिन विदा दिने निर्णय परिक्षणको रूपमा जेठ १ बाट लागु गर्ने भएको छ ।
जेठ १ गतेदेखि शनिबार र आइतबार विदा दिने निर्णय गृह मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारको निर्णय राजपत्रमा प्रकाशित भएसँगै जेठ १ बाट सरकारी कर्मचारीले दशैं–तिहारबाहेक हप्ताको दुईदिन विदा बस्ने पाउने छन् ।
यसअघि वैशाख १३ मा बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारी कर्मचारीको कार्यलय समय भने थप भएको छ ।
प्रकाशित सूचनाअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः ३० देखि बेलुका ५ः ३० सम्म कार्यालय समय तोकिएको छ । त्यस्तै कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान ९ः ३० देखि ४ः३० सम्म समय तोकिएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया