काठमाडौंमा टिपरले लियो एक जनाको ज्यान
काठमाडौं । काठमाडौंको कलंकीमा टिपरले एक जनाको ज्यान लिएको छ । बा ५ ख ७३४५ नम्बरको टिपरको ठक्करबाट बा ८० प ६३७३ नम्बरको मोटरसाइकलमा सवार दिवाकर अधिकारीको मृत्यु भएको हो ।
थानकोटबाट स्वयम्भूतर्फ गइरहेका अधिकारीलाई बुधबार बिहान ३ बजे सोही दिशाबाट आएको टिपरले ठक्कर दिएर घाइते बनाएको थियो । लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट ज्यान गुमाउने अधिकारी धुनिवेशी नगरपालिका–२, धादिङको भएको खुलेको छ ।
टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया