काठमाडौंमा टिपरले लियो एक जनाको ज्यान

काठमाडौं । काठमाडौंको कलंकीमा टिपरले एक जनाको ज्यान लिएको छ । बा ५ ख ७३४५ नम्बरको टिपरको ठक्करबाट बा ८० प ६३७३ नम्बरको मोटरसाइकलमा सवार दिवाकर अधिकारीको मृत्यु भएको हो ।
थानकोटबाट स्वयम्भूतर्फ गइरहेका अधिकारीलाई बुधबार बिहान ३ बजे सोही दिशाबाट आएको टिपरले ठक्कर दिएर घाइते बनाएको थियो । लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट ज्यान गुमाउने अधिकारी धुनिवेशी नगरपालिका–२, धादिङको भएको खुलेको छ ।
टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया