सुनको मूल्यमा १००० रूपैयाँ गिरावट
काठमाडाैं । मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७ सय रूपैयाँ घटेको सुनको मूल्य एक हजार रूपैयाँ घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार छापावाल सुन तोलामा ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँ र आइतबार ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज ३० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २४५ रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी एक हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया