‘केजिएफ : च्याप्टर २’ हेर्दा हेर्दै फिल्म हलमै दर्शकको मृत्यु
काठमाडौं । यश स्टारर फिल्म ‘केजीएफ २’ हलमा हेर्दा एक व्यक्तिको मृत्यु भएको घटना सार्वजनिक भएको छ । आन्ध्र प्रदेशको एलुरु जिल्लाको एक सिनेमा हलमा एक व्यक्ति मृत फेला परेका छन् । खबर पाएलगत्तै प्रहरी त्यहाँ पुगेर शवलाई नजिकैको अस्पताल लगिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टलिवुड डट नेटको रिपोर्टअनुसार मे ९ मा ती व्यक्ति सिनेमा हलमा मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनास्थलमा पुगेर उनलाई नजिकैको सरकारी अस्पताल पुर्याएको थियो । यसैबीच केही साताअघि पनि यस्तै डरलाग्दो घटना सार्वजनिक भएको थियो ।
रिपोर्टका अनुसार ‘केजीएफ २’ हेर्दै गर्दा एक व्यक्तिले अर्को व्यक्तिलाई गोली हानेका थिए । उनले सिनेमा हलमा दुर्व्यवहार गरेका थिए । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार २७ वर्षीय वसन्त कुमारको एक पुरुषसँग झगडा भएको थियो । त्यसपछि उनले कुमारलाई गोली प्रहार गरे । अहिले वसन्तको अवस्था खतरामुक्त छ ।
प्रशान्त नील निर्देशित फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाइरहेको छ । एक्सन ड्रामा ‘केजीएफ २’ भारतीय फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म बनेको छ । आमिर खानको ‘दंगल’ र एसएस राजामौलीको ‘बाहुबली पार्ट २’ पहिलो र दोस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया